मनकामना इन्जिनियरिङ हाइड्रोपावरद्वारा हकप्रद जारी गर्ने निर्णय
२९ श्रावण २०८२, बिहीबार ११:३६

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धि विशष प्रस्ताव राख्दै पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेगरी पाँचौ सभा डाकेको हो । कम्पनीले सभामा पूँजी वृद्धि तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने र हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव राखेको छ ।
यसका साथै आव २०८१–८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र सोही आवको लेखापरिक्षण परिक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव राखेको छ ।












