सम्पत्ति शुद्धीकरण विभागमा सचिव उदयबहादर मगरलाई लैजाने सरकारको तयारी

२९ श्रावण २०८२, बिहीबार १३:३१

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सचिव उदयबहादुर मगरलाई लैजाने तयारी गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत रहेका मगरलाई सम्पत्ति शुद्धीकरण विभागमा लैजाने रणनीति अनुरुप हाल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।

संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ गतेको निर्णयले ७२ जना सचिवहरुको सरुवा गरेको छ । जसमा बागमति प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका उदय बहादुर मगरलाई सरुवा गरीएको छ । उनलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशक बनाउन कै लागि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

हाल सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशमा सुमन दाहाल रहेका छन् । सरकारले सचिव मगरलाई सम्पत्ति शुद्धीकरण विभागमा ल्याउने तयारीलाई निकै तदारुकताका साथ अगाडी बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*