कन्सल्टेन्सीको छानविन गर्दा बाणिज्य विभागको महानिर्देशकको सरुवा

काठमाडौं । देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ ।
बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा अनुगमन गरिरहेको थियो । कन्सल्टेन्सीका मालिकहरुले बाणिज्य तथा आपूर्ति मन्त्रीसँग सेटिङ हानेपछि महानिर्देशक दाहालको रातारात सरुवा गरिएको हो ।
सरकारले हिजो दाहालको सरुवा गरेको हो । दाहाल गत फागुन २१ गते मात्रै विभागमा पुगेका थिए । पाँच महिनाको अवधीमा नेपालका सबै शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरुलाई कानुनको दायरामा ल्याउन खोजेका थिए ।
दाहालको एक्सनपछि कन्सल्टेन्सी सञ्चालकहरुले उच्च स्तरीय सेटिङ हानेर सरुवा गर्न भ्याएका हुन् । उपभोक्ताको हितमा काम गर्न भनेर स्थापना भएको संस्था लामो समयदेखि सुतेर बसिरहेको थियो । दाहालको इन्ट्रीसँगै जुर्मुरामएको विभागले बाँकी अनुगमनको काम कसरी गर्छ त्यो प्रतिक्षाको बिषय बनेको छ ।













