नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत
२९ श्रावण २०८२, बिहीबार १५:५१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत बोनस शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।












