लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड बिच “७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि सम्झौता भएको छ ।
निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न आज सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । लक्ष्मी सनराइज बैंकले ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मूल्य एक हजार रुपैयाँका दरले हुन आउने रकम तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । जसका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।












