मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १८ निर्णयहरु

२९ श्रावण २०८२, बिहीबार १७:१४

काठमाडौं । सरकारको साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ ।

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने, राससको महाप्रबन्धकमा सन्दीप राईलाई नियुक्त गर्नेसहितका १८ वटा निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*