सिटिजन लाइफले कमायो साढे ४२ करोड रुपैयाँ नाफा, अधिकांश वित्तीय सूचकमा देखियो चमक

३० श्रावण २०८२, शुक्रबार ०६:१८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवमा ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ।

अघिल्लो आवमा ४३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ५० लाख रुपैयाँ कम नाफा कमाएको हो जुन १.१६ प्रतिशतको गिरावट हो।

यद्यपि अघिल्लो वर्ष ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष २२.०९ प्रतिशतको वृद्धि सहित ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यसैगरी कम्पनीको कुल आम्दानी ७ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ७९ करोड रुपैयाँ नाघेको छ भने कुल खर्च पनि ७ अर्ब १९ करोड रुपैयाँबाट बढेर ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष जीवन बीमा कोषको आकार १४ अर्ब २८ करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ३९ प्रतिशतको वृद्धि सहित १९ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने १०.९२ रुपैयाँबाट घटेर ८.५० रुपैयाँमा झरेको छ भने प्रतिशेयर आम्दानी १४८.७१ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँबाट बढेर ५ अर्ब रुपैयाँ पुगेको कम्पनीको शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ७९ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*