एलआईसी नेपालले कमायो ३१ करोड ५८ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष १ खर्ब ३३ अर्ब नजिक

३० श्रावण २०८२, शुक्रबार ०६:४५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले गत आवमा ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा ६१.९२ प्रतिशत कम नाफा कमाएको हो।

गत आवमा कम्पनीको जीवन बीमाकोषको आकार भने ११.४९ प्रतिशतले बढेर १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आवमा १ खर्ब १९ अर्ब २२ करोड रुपैयाँ मात्रै थियो।

यता कम्पनीको खुद बीमाशुल्क आर्जन पनि समीक्षा अवधिमा करीब १८ अर्ब रुपैयाँबाट १०.१८ प्रतिशतको वृद्धि सहित १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

गत वर्ष कम्पनीको कुल आम्दानी २९ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ३२ अर्ब ३३ करोड रुपैयाँ पुगेसँगै कुल खर्च पनि २६ अर्ब ७१ करोड रुपैयाँबाट बढेर २९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

खुद नाफा घटेकाले कम्पनीको प्रतिशेयर आम्दानी पनि १५.७५ रुपैयाँबाट घटेर ५.७४ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १८७.४७ रुपैयाँमा कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५० करोड रुपैयाँ पुगेको कम्पनीको शेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा ६८ करोड ८ लाख रुपैयाँ र जगेडा कोषमा झण्डै ३ अर्ब रुपैयाँ रहेको छ।

One thought on “एलआईसी नेपालले कमायो ३१ करोड ५८ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष १ खर्ब ३३ अर्ब नजिक

  1. Satyendra pandey says:

    लुटीयो कती नेपाली लाई किन खोजनु भऐन? बिगयापन सुचनामा कती असुली भो? पिडीत को अवाज किन दबाईयो@९८३५१७००३०

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*