वित्तीय रुपमा अब्बल देखियो सानिमा रिलायन्स लाइफः अधिकांश सूचकमा चमक

काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीका नाफासहितका अधिकांश सूचक सकारात्मक लय तिर गइरहेको हो ।
गत आर्थिक वर्षमा कम्पनीको मुनाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा ३५ करोड ८ लाख २४ हजार रुपैयाँ रहेको थियो ।
यता, कम्पनी जीवन बीमा कोषको आकार १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४.६० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ३३ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्मको अवधिमा कम्पनी खुद बीमा शल्क आर्जन ५ अर्ब ८६ करोड रुपैयाँबाट १५.२९ प्रतिशतले बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।
यसअवधिमा कम्पनीको कुल आम्दानी १५.४९ प्रतिशतले बढेर ८ अर्ब ६९ करोड र कुल खर्च १५.८१ प्रतिशतले बढेर ८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १९.८६ प्रतिशतले बढेर ५ अर्ब १ करोड र जगेडा कोषमा ३४ करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
साथै, कम्पनीको प्रतिशेयर आम्दानी ७.५३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १११.५९ रुपैयाँ रहेको छ ।













