नेको इन्स्योरेन्सको लोभलाग्दो प्रगति, ५५ करोड खुद नाफा, बीमा शुल्कसहित प्रमुख सूचकमा चमक

३० श्रावण २०८२, शुक्रबार ०७:४६

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीका प्रमुख वित्तीय सूचांकहरुमा लोभलाग्दो प्रगति देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २५ प्रतिशतले बृद्धि भएर दुई अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १६ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा ७५ करोड ५९ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

नेको इन्स्योरेन्सको बीमा कोष ९.८२ प्रतिशतले बृद्धि भएर तीन अर्ब ७५ कराड ६ लाख रुपैयाँ सञ्चिती रहेको छ । साथै, कम्पनीले गत वर्ष एक अर्ब ७१ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन ७ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीले कुल एक अर्ब ६७ करोड १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले गत आवमा अघिल्लो आवको तुलनामा ६१ प्रतिशत बढी बीमा दावी भुक्तानी गरेको छ । साथै, यस अवधिमा कम्पनीले विभिन्न लगानी, कर्जा तथा अन्य आयबाट २७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

विवरणअनुसार यस अवधिमा कम्पनीको कुल आम्दानी पनि २.३४ प्रतिशतले बृद्धि भएको छ । गत आवमा नेको इन्स्योरेन्सले दुई अर्ब ४७ करोड ८५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको कुल खर्च एक अर्ब ६५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खुद नाफा भने झिनो अंकले घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ५५ करोड आठ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ नौ पैसा रहेको छ । समग्रमा नेको इन्स्योरेन्सले लोभलाग्दो प्रगती गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*