वर्षदिनमा २० वाणिज्य बैंकले कमाए ७१ अर्ब, एनआईसी एशियाको सबैभन्दा थोरै

३० श्रावण २०८२, शुक्रबार ०७:५१

काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकहरुले ७१ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८१ को चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० बैंकले ७१ अर्ब ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा ४३.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा ४९ अर्ब ८७ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

नाफामा अग्र स्थानमा नबिल बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षमा ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा भने बैंकले ६ अर्ब १९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६४ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब १० करोडको नाफा कमाएको थियो ।

त्यस्तै, समिक्षा अवधिमा नाफा कमाउनेको तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको १.१० प्रतिशतले बढेर ६ अर्ब २० करोड, चौथो नम्बरको प्रभु बैंकको ९६५.४१ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड, पाँचौ नम्बरको एभरेष्ट बैंकको ३२.८१ प्रतिशतले बढेर ४ अर्ब ९१ करोड, छैटो नम्बरको कृषि विकास बैंकको ४८.८८ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड र सातौ नम्बरको लक्ष्मी सनराइज बैंकको ४०.९७ प्रतिशतले बढेर ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा क्रमशः प्राइम बैंकको नाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोड, राष्टिय वाणिज्य बैंकको ४९.५३ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड, नेपाल बैंकको १३ हजार १७५ प्रतिशतले बढेर ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकको १० प्रतिशतले बढेर ३ अर्ब ३९ करोड, एनएमबि बैंकको ४६ प्रतिशतले बढेर ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

यता, स्टान्र्डड चार्टड बैंकको नाफा ७.५१ प्रतिशतले घटेर ३ अर्ब, सानिमा बैंकको ७.२५ प्रतिशतले बढेर २ अर्ब ५७ करोड, माछापुच्छ्रे बैंकको ९२.४५ प्रतिशतले बढेर २ अर्ब १ करोड, कुमारी बैंकको ४५ हजार ८२९ प्रतिशतले बढेर २ अर्ब ११ करोड, नेपाल एसबिआई बैंकको ९.८६ प्रतिशतले घटेर १ अर्ब ८० करोड, हिमालयन बैंकको २२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड र सिटिजन्स बैंकको २ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

लामो समयदेखि वित्तीय रुपमा टाट पल्टिने अवस्थामा रहेको एनआईसी एशिया बैंकको अवस्था भने थप कमजोर भएको छ । बैंकको नाफा ७७ प्रतिशतले घटेर १६ करोड १५ लाख रुपैयाँमा आइपुगेको हो । जुन अन्य बैंकको भन्दा निकै कम हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*