प्राइम बैंकको नाफा ४ अर्बः अधिकांश सूचकमा सुधार, लाभांश क्षमता १४.३३ प्रतिशत

काठमाडौँ । प्राइम बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १४.७२ प्रतिशतले बढेर ४ अर्ब २ करोठ ४४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा भने बैंकको मुनाफा ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८२ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब ८८ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ३१ करोड २९ लाख रुपैयाँ रहेको प्राइम बैंकको सञ्चालन नाफा गत आर्थिक वर्षको सोहि अवधिमा बढेर ५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा भने बढेको देखिएको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.६५ प्रतिशतबाट बढेर ५.५६ प्रतिशत पुगेको हो ।
यता, वितरणयोग्य नाफा भने ९९ करोड ५३ लाख रुपैयाँबाट बढेर २ अर्ब ७८ करोड ८ लाख रुपैयाँ पुगेको हो । यस आधारमा बैंकको लाभांश क्षमता १४.३३ प्रतिशत रहेको छ ।
समिक्षा अवधिमा बैंकको चक्तापूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चिति रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १९.४५ रुपैयाँबाट बढेर २०.७४ रुपैयाँ पुगेको छ । यता, प्रतिशेयर नेटवर्थ पनि १७३.७२ रुपैयाँ रहेको छ ।












