आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले कमायो २६ करोड नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीका प्रमुख वित्तीय सूचांकहरुमा लोभलाग्दो प्रगति देखिएको छ ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा नौ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १७ करोड २० लाख रुपैयाँ सञ्चिती रहेको छ ।
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको बीमा कोष सामान्य अंकले घटेर चार अर्ब २४ कराड ९० लाख रुपैयाँ सञ्चिती रहेको छ । साथै, कम्पनीले गत वर्ष एक अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन १२.२६ प्रतिशतले बृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीले कुल दुई अर्ब ४६ करोड ३२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले गत आवमा अघिल्लो आवको तुलनामा ३९ प्रतिशत बढी बीमा दावी भुक्तानी गरेको छ । साथै, यस अवधिमा कम्पनीले विभिन्न लगानी, कर्जा तथा अन्य आयबाट २५ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
विवरणअनुसार यस अवधिमा कम्पनीको कुल आम्दानी पनि ६.७९ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीले दुई अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको कुल खर्च एक अर्ब ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको खुद नाफा भने झिनो अंकले घट्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ पाँच पैसा रहेको छ ।













