विकास बैंकको नाफा २२ प्रतिशत बढ्योः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, पुच्छरमा ज्योति

३० श्रावण २०८२, शुक्रबार ०९:०५

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले वर्षदिनमा साढे ५ अर्बमाथिको व्यापार गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालित राष्ट्रिय स्तरका ८ बैंकहरुले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

बैंकहरुले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा २२.०१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक अघि रहेको छ । बैंकको मुनाफा ३०.८० प्रतिशतले बढेर १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा सर्वाधिक नाफाको दोस्रो नम्बरमा रहेको गरिमा विकास बैंक सर्वाधिक नाफा वृद्धिमा भने पहिलो नम्बरमा रहेको छ । समिक्षा अवधिमा गरिमाको नाफा २०१.९७ प्रतिशतले बढेर १ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ०.४८ प्रतिशतले बढेर ६८ करोड ८६ लाख रुपैयाँ रहेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख रुपैयाँ रहेको छ ।

साथै, महालक्ष्मी विकास बैंकको मुनाफा १.२६ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

यसअवधिमा लुम्बिनी र ज्योति विकास बैंकको नाफा भने घटेको छ । लुम्बिनीको नाफा ३०.१३ प्रतिशतले घटेर ३७ करोड ९८ लाख र ज्योतिको ९२ प्रतिशतले घटेर १ करोड २३ लाख रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*