गरिमा विकास बैंकको नाफामा उछालः अधिकांश सूचकमा देखियो उल्लेख्य सुधार, लाभांश क्षमता कति ?

काठमाडौँ । गरिमा विकास बैंकले वर्षदिनको अवधिमा १ अर्ब ३१ करोडमाथिको व्यापार गरेको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले आफ्नो नाफा २०१ प्रतिशतले बढाएर १ अर्ब ३१ करोड ३ लाख ९२ हजार रुपैयाँ पुराएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४३ करोड ३९ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३१ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा बढाएर ३ अर्ब ६४ करोड ३३ लाख रुपैयाँ पुराएको हो ।
यता बैंकको सञ्चालन नाफा १ अर्ब ८९ करोड ८० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ६४ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा बैंकको खराब कर्जामा समेत सुधार देखिएको छ । बैंकको खराब कर्जा ४.८५ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा आइपुगेको हो ।
यता, बैंकको वितरणयोग्य नाफा २८ करोड ६४ लाख ३ हजार रुपैयाँबाट बढेर ७१ करोड ४९ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जस आधारमा बैंकको लाभांश क्षमता १२.५८ प्रतिशत रहेको छ ।
असार मसान्तसम्मको अवधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख र जगेडा कोषमा २ अर्ब ३० करोड ४१ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा २० रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर २३.०७ रुपैयाँ पुगेको छ । यता, नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ ।












