वित्तीय रुपमा अब्बल देखियो सांग्रिला डेभलपमेन्टः मुनाफा ५३ करोड ७० लाख, अन्य सूचक कस्ता ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीको मुनाफा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको हो ।
कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड रुपैयाँबाट सामान्य घटेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्मको अवधिमा बैंकको सञ्चालन नाफा ७.७० प्रतिशतले बढेर ७५ करोड ३९ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा ७० करोड रुपैयाँ रहेको थियो ।
यता, बैंकको वितरणयोग्य नाफा १३ करोड १८ लाख ७८ हजार रुपैयाँबाट बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुराएको छ । बैंकको खराब कर्जा भने ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ ।
चौथो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ६० करोड सञ्चिति छ ।
यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी १५.१० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ ।












