घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
३० श्रावण २०८२, शुक्रबार १०:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।













