नेपाल इन्स्योरेन्सको लोभलाग्दो प्रगतिः ३१ करोड मुनाफा आर्जन, अन्य सूचक कस्ता ?

३० श्रावण २०८२, शुक्रबार ११:४५

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१ –८२ को अन्तिम त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बीमा शुल्क आर्जन, नाफा लगायतका प्रमुख सूचकमहरुमा लोभलाग्दो प्रगति देखिएको छ ।

हकप्रद निष्काशन गरेर चुक्ता पुँजी पुर्याइरेहेको कम्पनीको जगेडा कोषमा १६ करोड २२ लाख रुपैयाँ, अन्य इक्विटीमा १० करोड २९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १२ लाख रुपैयाँ र स्पेसल रिर्जभमा एक अर्ब ४९ करोड रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीको कुल सञ्चिती रकमका आधारमा कम्पनीको जोखिम धारण क्षमता उत्कृष्ट रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन समान्य अंकले बढेर एक अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आवमा कम्पनीले ९५ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७१ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

साथै, वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ३७ लाख नाफा आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ३८.५५ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८८ पैसा रहेको छ । समग्र रुपमा हेर्दा देशकै पुरानो कम्पनीको इतिहास बोकेको नेपाल इन्स्योरेन्सको वित्तीय अवस्था निकै बलियो रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*