ट्रष्ट माइक्रो इन्स्योरेन्सको वित्तीय विवरणमा चमक, नाफा ४६ लाख, १३ करोड कुल बीमा शुल्क आर्जन

३० श्रावण २०८२, शुक्रबार १४:१८

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१–८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार नाफा घटेपनि बीमा शुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा बृद्धि भएको छ ।

समीक्षा अवधिमा कम्पनीको मुनाफा सामान्य अंकले घट्न पुगेको छ । गत आवमा कम्पनीले ४६ लाख ३९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ६१ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

साथै, कम्पनीको कुल बीमा शुल्क आर्जन बढेर १३ करोड ५१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षमा कम्पनीले ४७ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको विवरणले देखाएको छ ।

समीक्षा अवधिमा कम्पनीले चार करोड ५८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १२ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

५२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको स्पेसल रिजर्भमा ५९ लाख ३१ हजार रुपैयाँ र महाविपत्ति कोषमा ५ लाख ९३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५२ लाख १९ हजार रुपैयाँ सञ्चिती रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*