रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार ल्याइदै
३१ श्रावण २०८२, शनिबार १६:१२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ ।
लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल लगिने र बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ ।
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिएपनि गृह प्रशासनले रोकेको थियो ।











