छ्याङ्दी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँड, कति रुपैयाँमा बिक्री भयो?
१ भाद्र २०८२, आईतवार ०६:२८

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत साउन १४ देखि २१ गतेसम्म लिलामीमा राखेको सर्वसाधारण समूहको २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।
कम्पनीले बिक्री अवधिभर परेका बोलपत्रहरू साउन २७ गते खोलेर २९ गते बाँडफाँड गरेको हो। उक्त शेयरको कट अफ प्राइस (अन्तिम मूल्य) २६६.२० रुपैयाँ कायम भएको थियो।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले यसै कट अफ प्राइसलाई आधार मानेर शेयर बाँडफाँड गरेको हो। शेयर नपाएका वा आंशिक मात्र पाएका आवेदकको रकम आज भदौ १ गतेदेखि बैंक खातामा फिर्ता पठाइने जानकारी दिएको छ।












