शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद निष्कासन गर्ने

१ भाद्र २०८२, आईतवार ०७:४७

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले यही भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते नै बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा साउन १५ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै यो हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मिति असोज ८ गते तोकिएको छ। हकप्रद निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*