आरबिबि मर्चेन्ट बैंकिङ्गले भदौ १८ गतेदेखि ‘आरबिबि फोकस ४०’ निष्काशन गर्ने

१ भाद्र २०८२, आईतवार ०८:००

काठमाडौं । आबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेले आफ्नै व्यवस्थापनमा आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ यही भदौ १८ गतेदेखि निष्कासन गर्ने भएको छ।

यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्कासनमा आउनेछ। जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाईको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।

यसमा सर्वसाधारणले आवेदन दिंदा कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा भदौ २२ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेको खण्डमा असोज १ गतेसम्म बिक्री अवधि लम्बिनेछ।

१२ वर्ष अवधिको यस योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर सि आस्बा सेवामा सहभागी भएका सबै बैंक तथा वित्तयि संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर एप प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्।

इकाई निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कोष प्रबर्द्धकलाई ‘केयर एनपी ए प्लस इस्यूअर’ रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ्ग दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*