जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.१४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.१४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा औसत सोल्भेन्सी रेसियो २.१७ रहेकोमा यस वर्ष सामान्य अंकले घटेको हो ।
नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनी मध्ये हिमालयन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३.८६ रहेको छ । सोल्भेन्सी रेसियोले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई सुरक्षित कम्पनीको रुपमा स्थापित गरेको छ ।
सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.६० रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो अघिल्लो आर्थिक वर्षको तुलनामा कुनै थपघट भएको छैन् । सोल्भेन्सी रेसियोको आधारमा कम्पनी एकदमै सुरक्षित रहेको प्रष्ट देखाउँछ ।
त्यस्तै, तेस्रो उत्कृष्ट कम्पनीमा सिटिजन लाइफ परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ३.६० रहेको छ । यस कम्पनीको सोल्भेन्सी रेसियो अनुपातमा अघिल्लो आव र गत आवमा थपघट भएको छैन् । अर्को उत्कृष्ट कम्पनीमा मेट लाइफ रहेको छ । मेट लाइफको सोल्भेन्सी रेसियो २.७० रहेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात २.६३ रहेको छ । यसले कम्पनीको जोखिम धारणा क्षमता राम्रो भएको देखाएको छ । सुर्यज्योति लाइफको सोल्भेन्सी रेसियो ३.० बाट २.४७ मा झरेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो २.२२ रहेको छ । यस कम्पनीको पनि सोल्भेन्सी रेसियो गत वर्ष र यस वर्षमा परिवर्तन भएको छैन ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात १.९६ रहेको छ । साथै, नेपाल लाइफ इन्स्योरेन्सको जोखिम धारणा क्षमता बृद्धि भएको छ । कम्पनीको सोल्भेन्सी रेसियो अनुपात १.४५ बाट बढेर १.५० रहेको छ । साथै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सोल्भेन्सी रेसियो १.४६ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोमा गत वर्ष र यस वर्षमा कुनै फरक परेको छैन
साथै, एलआईसी नेपालको सोल्भेन्सी रेसियो अनुपात १.४५ र एशियन लाइफ इन्स्योरेन्सको सोल्भेन्सी रेसियो १.३६ रहेको छ । समीक्षा अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको सोल्भेन्सी अनुपात १.३४ रहेको छ । सोल्भेन्सी रेसियो कम हुने कम्पनीको जोखिम धारण क्षमता कम हुन्छ । राष्ट्रिय जीवन बीमा कम्पनीले लामो समयदेखि अडिट नगरेको कारण उल्लेख गरेको छैन् ।
नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५ अनिवार्य गरेको छ ।













