चौथौ त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको सम्रग वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)

१ भाद्र २०८२, आईतवार ११:३४

काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैसमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुको नाफा २८ दशमलब ४३ प्रतिशतले घटेको छ । गत बर्षदेखिको बाढीको बीमा दाबी र यो आर्थिक बर्षको भारको कारण पनि निर्जिवन बीमा कम्पनीहरुको नाफामा संकुचन देखिएको छ ।

निर्जीवन बीमा कम्पनीमा सुचीकृत १३ वटा कम्पनीमध्ये सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मात्रै खुद मुनाफा गत वर्ष भन्दा बढैको देखिएको छ भने बाँकी ११ वटै कम्पनीको खुद मुनाफामा भारी गिरावट देखिएको छ ।

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा प्रभु इन्स्योरेन्सको ५६ दशलमब ८२ प्रतिशत नाफा घटेको छ भने शिखर इन्स्योरेन्सको सबैभन्दा कम ११ दशमलब ७५ प्रतिशतले नाफामा गिरावट आएको छ ।
आव २०८१।८२ मा सबैभन्दा बढी मुनाफा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले गरेको छ । कम्पनीले ७१ करोड ३२ लाख रुपैयाँ मुनाफा गरेको छ जबकि गत वर्ष यो नाफा ६९ करोड २३ लाख रुपैयाँ मात्रै थियो । प्रभु इन्स्योरेन्सको मुनाफाभने भने अघिल्लो वर्ष ४९ करोड ९ लाख रुपैयाँ रहेकोमा गत वर्ष २१ करोड २० लाख रुपैयाँमा झरेको छ ।

खुद मुनाफामा गिरावटसँगै प्रति शेयर आम्दानीमा समेत गिरावट आएको छ । सबै निर्जीवन बीमा कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट आउँदा सिद्धार्थ प्रिमियम इन्स्योरन्सको प्रति शेयर आम्दानीमा भने ३ प्रतिशतले वृद्धि देखिएको तथ्यांक प्रकाशित भएको छ। प्रतिशतको हिसाबले निर्जीवन बीमा गर्ने नेपाल माइक्रो इन्स्योरेन्सको प्रति शेयर आम्दानी ६० दशमलब ७१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५६ पैसा रहेको कम्पनीको प्रति शेयर आम्दानी आइपीओ निष्काशनपछि झन घटेर २२ पैसामा झरेको हो । नेपाल इन्स्योरेन्सको प्रति शेयर आम्दानी पनि ६० दशमलब ७१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४२ रुपैयाँ ६१ पैसा रहेको प्रति शेयर आम्दानी गत वर्षमा भने १६ रुपैयाँ ७४ पैसामा झरेको हो । औसतमा निर्जीवन बीमा कम्पनीको प्रति शेयर आम्दानीमा ३३ दशमलब ६८ प्रतिशतले गिरावट देखिएको छ ।

नाफा घटे पनि सञ्चित मुनाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेटवर्थ भने ९ दशमलब ६४ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष १९१ रुपैयाँ ८४ पैसा रहेको हिमालयन एभरेष्टको नेटवर्थ गत वर्ष बढेर २ सय १० रुपैयाँ ३४ पैसा पुगेको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको नेटवर्थ ४ दशमलब ६९ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको नेटवर्थ १.८८ प्रतिशतले बढेको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको नेटवर्थ भने झिनो प्रतिशतले बढेको तथ्यांकमा देखिएको छ । अघिल्लो वर्षको तुलनामा १३ वटा निर्जीवन बीमा कम्पनीको नेटवर्थमा १ दशमलब ८० प्रतिशतले गिरावट देखिएको छ।

गत वर्ष नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार अधिकांश निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धि गरेका छन् । औसतमा निर्जीवन बीमा कम्पनीको ६ दशमलब ३८ प्रतिशतले पुँजी वृद्धि भएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । आफ्नो व्यवसायबाट कमाएको रकम बोनस शेयर जारी गरेर र नपुग रकम हकप्रद शेयर जारी गरेर अधिकांशले चुक्ता पुँजी साढे २ अर्ब पुर्याएका छन् । साढे २ अर्ब नपुग रहेका कम्पनीको धितोपत्र बोर्डमा हकप्रद शेयरको फाइल पेन्डिङ रहेको अवस्था छ ।

खुद मुनाफामा गिरावट आएका पनि निर्जीवन बीमा कम्पनीहरुको औसत रिजर्भ भने २ दशमलब २७ प्रतिशतले बढेको देखिएको छ । सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० दशमलब १५ प्रतिशतले रिजर्भ बढाएको छ । कम्पनीले अघिल्लो वर्ष २ अर्ब २९ करोड रहेको रिजर्भ गत आवमा २ सय ७५ करोड रुपैयाँ पुगेको छ । निर्जीवन बीमा कम्पनीमा सबैभन्दा कम चुक्ता पुँजी रहेको राष्ट्रिय बीमा कम्पनीको रिजर्भ सबैभन्दा बढी १७ अर्ब ३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

हरेक वर्षको नाफाको केही प्रतिशत रकम छुट्याउनुपर्ने निर्जीवन बीमा कम्पनीको बीमा कोष भने औसतमा ७ दशमलब ४७ प्रतिशतले बढेको देखिएको छ । सबैभन्दा बढी सरकारी लगानी रहेको राष्ट्रिय बीमा कम्पनीको बीमा कोष २ सय ७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ । अघिल्लो वर्ष ९४ करोड २३ लाख रहेको बीमा कोष चालु आवमा भने बढेर २ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । आव २०८१।८२ मा निर्जीवन बीमा कम्पनीमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा कोष सबैभन्दा बढी ६ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

इपीएसको आधारमा हेर्ने हो भने गत बर्षको तुलनामा सिद्धार्थ प्रिमियम बाहेक सबैको घटेको छ । सिद्धार्थ प्रिमियको इपीएस गत बर्षको तुलनामा ३ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*