दुई पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको आज सर्वाधिक कारोबार
१ भाद्र २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.८२ अंकले घटेर २७६३.५४ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज कुल सात अर्ब ६५ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । जसमा आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ५१ करोड ६७ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको तीन करोड ५४ लाख रुपैयाँ, नेपाल रिपब्लिक मिडियाको २४ करोड ९६ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २२ करोड ४२ लाख रुपैयाँ र शिवम् सिमेन्टको २२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













