हाइड्रोपावरका लगानीकर्ता मालामाल, कसको शेयरमूल्य कतिले बढ्यो ?
१ भाद्र २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २४.८२ अंकले घटेर २७६३.५४ को बिन्दुमा कायम भएको छ ।
आइतबार कुल ५८ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । आज हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । जसमा अप्पर स्याङ्गे हाइड्रोपावरको शेयरमूल्य ६.२९ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।
त्यस्तै, कालिका पावर कम्पनीको ५.९६ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोपावरको ५.७६ प्रतिशत, मनकामना इन्जिनियरिङको ४.७० प्रतिशतले शेयरमूल्य बढेको छ ।













