संरक्षकको निधनमा परिवारलाई सांग्रिला बैंकबाट तीन लाखको विमाङ्क रकम हस्तान्तरण

१ भाद्र २०८२, आईतवार १८:१४

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राख्नु भएका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बीमा बापतको रकम उपलब्ध गराइएको हो । बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उनले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ । बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*