सामसङको २०२५ क्युएलईडी टिभीमा भिजन एआई, घरमै सिनेमाजस्तो स्मार्ट अनुभव

काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप नेपाली बजारमा सार्वजनिक गरेको छ। यस नयाँ श्रृंखलामा सामसङ भिजन एआई प्रविधि उपलब्ध रहेको हो ।
टिभीलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रयोगकर्ताको जीवनशैली अनुसार प्रतिक्रिया दिने स्मार्ट साथीमा रूपान्तरण गर्नेछ । सामसङ भिजन एआईले स्क्रिनमा देखिने दृश्य र आवाजलाई एआईबाट अझ जीवन्त बनाउँदै व्यक्तिगत अनुभव प्रदान गर्छ। यस प्रविधि मुख्यतः तीन आधारमा काम गर्छ:
एआई मोड: डीप–लर्निङ्ग एल्गोरिदम प्रयोग गरी कन्टेन्ट र वरिपरिको वातावरण अनुसार वास्तविक समयमा सेटिङ मिलाउँछ।
एआई एक्स्पीरीएन्स: प्रयोगकर्ताको रोजाइ र व्यवहार समयसँगै सिकेर कन्टेन्ट सुझाव र सेटिङ व्यक्तिगत बनाउँछ।
मल्टी–दिभाइस कनेक्तिभीटी: टिभीलाई स्मार्टफोन, ट्याब्लेट वा अन्य स्मार्ट उपकरणसँग सजिलै जडान गर्न सकिन्छ।
सामसङ नेपालका सिई बिजनेस हेड मिलन कुमार झाले भने, ‘सामसङ भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ। हामी यसलाई ‘It’s Your Show’ भन्छौं – जहाँ नियन्त्रण पूर्ण रूपमा प्रयोगकर्ताकै हातमा हुन्छ। हाम्रो नयाँ एआई टिभीहरूले घरमै सिनेमाजस्तो अनुभवको नयाँ मापदण्ड कायम गर्छ।’
प्रमुख फिचरहरू
युनिभर्सल जेस्चर कन्ट्रोल: रिमोट बिना हातका इशारामार्फत टिभी सञ्चालन।
एआई अपस्केलिंग: कम रिजोलुसनको कन्टेन्टलाई 4K गुणस्तरमा रूपान्तरण।
जेनरेतिभ वलपेपर: निष्क्रिय स्क्रिनलाई व्यक्तिगत कला–क्यानभासमा बदल्ने सुविधा।
मल्टी–दिभाइस कनेक्तिभीटी: स्मार्टथिंग्स हबमार्फत घरको अवस्था र ऊर्जा खपत निगरानी।
पेट एन्ड फेमिली केर मोड: घरपालुवा वा परिवारका असामान्य गतिविधि पत्ता लगाएर सचेतना प्रदान।
क्युएलईडी 4K लाइनअप र मूल्य
| Segment | Inch | Model Code | मूल्य |
|---|---|---|---|
| QLED | 85″ | QA85Q7FAARSHE | रु ३९९,९९० |
| QLED | 75″ | QA75Q7FAARSHE | रु २८९,९९० |
| QLED | 65″ | QA65Q8FAARSHE | रु २५५,९९० |
| QLED | 55″ | QA55Q8FAARSHE | रु १८२,९९० |
| UHD | 65″ | UA65U8500FRSHE | रु १४५,९९० |
| UHD | 55″ | UA55U8500FRSHE | रु ९९,९९० |
| UHD | 43″ | UA43U8500FRSHE | रु ७४,९९० |
| FHD | 43″ | UA43F5550FUXXL | रु ५४,९९० |
| HD | 32″ | UA32H4570FUXXL | रु ३८,९९० |
सुविधा र अफर
सामसङ इन्स्टा फ्यानान्स सेवा: नयाँ क्युएलईडी टिभी मासिक ९,९२७ रुपैयाँदेखि, ०% ब्याजदरमा ईएमआईमा प्राप्त गर्न सकिन्छ। प्रक्रिया सजिलो, नागरिकता मात्र आवश्यक।
पुरानो टिभी साटासाट गरेर नयाँ टिभी लिन सकिने सुविधा।
७ वर्षसम्म निःशुल्क OS अपग्रेड उपलब्ध, जसले नयाँ फिचर, सुरक्षा सुधार र प्रदर्शन उन्नयन सुनिश्चित गर्छ।
सामसङको २०२५ एआई टिभीहरूले स्मार्ट, व्यक्तिगत र दैनिकीमा मिसिने मनोरञ्जन अनुभव प्रदान गर्दै भविष्य–प्रमाण प्रिमियम अनुभवको नयाँ मापदण्ड स्थापना गरेका छन्।













