देशभरका २६ अस्पतालसँग बोर्डद्धारा स्वास्थ्य बीमा सेवा सम्झौता

१ भाद्र २०८२, आईतवार १९:११

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ ।

स्वास्थ्य बीमा ऐन २०७४ ९प्रथम संशोधन २०८२० को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डले देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ ।

स्वास्थ्य बीमा ऐन २०७४ ९प्रथम संशोधन २०८२० को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोगका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था रहने व्यवस्था गरिएको छ ।

बोर्डका अनुसार नयाँ सम्झौता सँगै बोर्डमा प्रथम बिन्दु ४१७ र प्रेषण केन्द्र सहित जम्म ५०२ सेवा प्रदायक स्वास्थ्य संस्था रहेका छन् । हालसम्म प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३७६ पुगेको छ ।

यसले बीमितलाई आफ्नै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार सेवा सहज रूपमा पाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *

*