यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ भाद्र २०८२, सोमबार ०६:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९०.९६ रुपैयाँ र बिक्रीदर ९१.४५ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५० रुपैयाँ र बिक्रीदर ९.५४ रुपैयाँ र एक यूएई दिरामको खरीददर ३८.०६ रुपैयाँ र बिक्रीदर ३८.२२ रुपैयाँ तोकिएको छ।

त्यस्तै १०० दक्षिण कोरियन वनको खरीददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.११ रुपैयाँ, एक मलेसिनय रिंगिटको खरीददर ३३.१८ रुपैयाँ र बिक्रीदर ३३.८२ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४५७.६७ रुपैयाँ र बिक्रीदर ४५९.६३ रुपैयाँ निर्धारण गरिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*