सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति? (तथ्यांकसहित)

२ भाद्र २०८२, सोमबार १२:२५

काठमाडौँ । हाइड्रोपावरको कम्पनीको नाफामा सुधार देखिएको छ । लामो समय थपा परेको जलविद्युत कम्पनी विस्तारै लयमा फर्कि रहेको हो ।

वर्षदिनको अवधिमा मात्रै हाइड्रोपावरले २ अर्बमाथि खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा ८९ कम्पनीहरुले २ अर्ब १९ करोड १२ लाख १ हजार रुपैयाँ नाफा कमाएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन हाइड्रोपावरले भने हालसम्म वित्तीय रिपोर्ट सार्वजनिक गरेका छैनन् । जसमा अप्पर लोहोरे खोला, बलेफी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावर रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा भने हाइड्रोपावर कम्पनीहरुको नाफा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । गत वर्ष भने विद्युत बिक्री आम्दानीमा आएको सुधारसँगै नाफा समेत बढोत्तरी भएको हो ।

समिक्षा अवधिमा ५८ हाइड्रोपावर नाफामा देखिएको छ । उक्त कम्पनी कम्पनीले भने गत आर्थिक वर्षमा ७ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । तर, अझै पनि ३१ कम्पनी ऋणात्मक अवस्थामा नै देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिकमा हाइड्रोपावरले सन्तोषजनक व्यापार गर्ने सकेका हुन् ।

यसअवधिमा सबैभन्दा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा साहज उर्जा रहेको छ । कम्पनीले वर्षदिनको अवधिमा ९० करोड २७ लाख २३ हजार रुपैयाँ नाफा कमाएको हो । कम्पनीले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ११४.७५ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो स्थानमा रहेको चिलिमे हाइड्रोपावरले ६७ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनीको नाफा ६७ करोड ८५ लाख ४५ हजारर रुपैयाँ रहेको थियो ।

साथै, माउन्टेन इनर्जीको नाफा १३३ प्रतिशतले बढेर ६२ करोड ९० लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ९० हजार ९८४ प्रतिशतले बढेर ४४ करोड ८१ लाख, अपि पावरको ४.७० प्रतिशतले घटेर ४२ करोड ७६ लाख, सानिमा मिडिल तमोरको १९ हजार ४४५ प्रतिशतले बढेर ४० करोड ५५ लाख, ग्रिन भेन्चर्सको १९१ प्रतिशतले बढेर ३८ करोड ९६ लाख, राधि विद्युतको ३०९ प्रतिशतले बढेर ३७ करोड ९८ लाख, सानिमा माई हाइड्रोपावरको ८.५४ प्रतिशतलले घटेर ३२ करोड ३७ लाख र बुटवल पावरको १६.५८ प्रतिशतले बढेर २२ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष ऋणात्मक रहेका अरुण काबेली र सिन्गटी हाइड्रोपावर भने गत वर्ष घनात्मक देखिएका छन् । अरुण काबेलीले १७ करोड १ लाख र सिन्गटीले १४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यता, सबैभन्दा कम थ्री स्टारले २ लाख ५३ हजार, रिभर फल्स पावरले १० लाख ७९ हजार रुपैयाँ र माई खोला हाइड्रोपावरले २६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

३१ कम्पनीको नाफा ऋणात्मक

गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा ३१ कम्पनीहरुको नाफा ऋणात्मक देखिएको छ । सबैभन्दा बढी घाटामा रहेको कम्पनीमा अप्पर तामाकोसी हाइड्रोपावर रहेको छ । समिक्षा अवधिमा कम्पनी २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

साथै, रौवागढी हाइड्रोपावर ४८ करोड ७२ लाख, माउन्टेन हाइड्रोपावर ४१ करोड ६० लाख, सन्जेल जलविद्युत २७ करोड ९३ लाख, पिपुल्स हाइड्रोपावर १५ करोड ७७ लाख, मोदी इनर्जी ९ करोड ४७ लाख, न्यादी हाइड्रोपावर ९ करोड ३३ लाख र राप्ती हाइड्रो ७ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छन् । 

प्रतिशेयर आम्दानी र नेटवर्थ कस्तो ?

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांश हाइड्रोपावरको प्रतिशेयर आम्दानीमा सुधार भएको छ । यसअवधिमा सर्वाधिक प्रतिशेयर आम्दानी रहेको कम्पनीमा अप्पर स्याङ्खे हाइड्रोपावरको रहेको छ । यस कम्पनीको प्रतिशेयर आम्दानी ३४.६६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ ९३.६१ रुपैयाँ रहेको छ ।

त्यस्तै, माउन्टेन इजर्नीको प्रतिशेयर आम्दानी २४.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५२.११ रुपैयाँ, साहज उर्जाको प्रतिशेयर आम्दानी २३.८८ रुपैयाँ र नेटवर्थ १८४ रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा ३१ कम्पनीको प्रतिशेयर आम्दानी समेत ऋणात्मक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*