नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

२ भाद्र २०८२, सोमबार १३:५२

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बाग्मती प्रदेश कार्यालय गैह्रीधारा काठमाडौंका लागि कर्मचारी माग गरेको छ।

कम्पनीले वरिष्ठ सहायक अन्तर्गतको कृषि बीमा प्राविधिक र पशुपन्छी बीमा प्राविधिक पदमा एक–एक जना कर्मचारी माग गरेको हो।

यी दुवै पदका लागि सम्बन्धित विषयमा कम्तीमा डिप्लोमा गरी १ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको हुनु पर्नेछ भने २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ।

योग्य तथा इच्छुक व्यक्तिले भदौ १५ गतेभित्र आवश्यक कागजात सहित तोकिएको माध्यमबाट आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*