पुँजी बजारमा सुधारः कारोबार भने खुम्चियो, अबको घट्ला कि बढ्ला ?

२ भाद्र २०८२, सोमबार १५:०८

काठमाडौँ। निरन्तर खुम्चिरहेको शेयर बजारमा आज केहि सामान्य सुधार देखिएको छ। विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि अधिकांश लगानीकर्ता अन्यौलमा रहेका छन् ।

बजार ३२०० माथि जाने अपेक्षामा लगानी गरेका लगानीकर्ताहरू अझै निराशित छन्। बैंक तथा वित्तीय संस्थाहरूले लाभांश क्षमता बलियो देखाउने वित्तीय विवरण सार्वजनिक गरिसके पनि त्यसले बजारमा उल्लेखनीय सकारात्मक प्रभाव पार्न सकेको छैन। विश्लेषकहरूका अनुसार बजारमा माफियाको प्रभाव र उच्च मूल्यमा खरिद गर्ने प्रवृत्तिले अस्थिरता बढाइरहेको छ।

मौद्रिक नीतिले केही समय बजारमा सकारात्मक संकेत दिएको भए पनि पछिल्ला हप्ताहरूमा सूचक निरन्तर घट्दा लगानीकर्ताको उत्साह हराउँदै गएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७५ अकंले बढेर २७७२.९८ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ११ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.३७ प्रतिशत, फाइनान्स समूहको ०.२४ प्रतिशत र होटल तथा पर्यटनको ०.२८ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*