नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनको मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सोमबार मात्रै तीन कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
जसमा सनराइज फोक्सड इक्विटी फण्डको १३.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो । यसको आज अन्तिम कारोबार मूल्य १०.३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पछिको कम्पनीको मूल्य ९.०१ रुपैयाँ पुगेको छ ।
सनराइज फस्र्ट म्युचुअल फण्डको १४ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य १०.८९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । सो पश्चात अब कम्पनीको मूल्य ९.४९ रुपैयाँ कायम भएको छ ।
यता, लक्ष्मी उन्नति कोषको २० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । अन्तिम कारोबार मूल्य ११.८१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ९.८१ रुपैयाँ कायम भएको छ ।












