महुली लघुवित्तले शेयर संरचना परिवर्तन गर्ने

३ भाद्र २०८२, मंगलवार ०८:३५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ।

साविकको महुली लघुवित्त र नवकिरण लघुवित्त आपसमा गाभिएर महुली लघुवित्त बनेपछि संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ।

कम्पनीले अब संस्थापक शेयरधनीको ५.७२ प्रतिशत शेयर स्वामित्वम सर्वसाधारण समूहमा परिवर्तन गर्न लागेको हो। यसपछि बन्ने शेयर स्वामित्व संस्थापकको ६४.२८ प्रतिशत र सर्वसाधारणको ३५.७२ प्रतिशत कायम हुनेछ।

यदि कुनै संस्थापक शेयरधनीले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहेको खण्डमा अबको ३५ दिनभित्र लिखित रूपमा निवेदन दिन आग्रह गरेको छ।

निवेदन प्राप्त नभएको खण्डमा संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न मञ्जूर रहेको ठानी आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*