घट्यो सुनको मूल्य, अब प्रतितोला कति?

३ भाद्र २०८२, मंगलवार १०:३६

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँका दरले किनबेच भएको थियो।

त्यसैगरी चाँदीको सुन पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ३१५ रुपैयाँका दरले किनबेच भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*