सन नेपाल लाइफको एएमएल र सीएफटी तालीम सम्पन्न, पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड

३ भाद्र २०८२, मंगलवार ११:४६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एएमएल र सीएफटी सम्बन्धी तालीम दिएको छ।

कम्पनीका कानून विभागका प्रमुख सुवास भण्डारीले एन्टी मनि लाउण्डरिङ (एएमएल) र कम्ब्याटिङ द फाइनान्सिङ टेरोरिजम् (सीएफटी) सम्बन्धी तालीम दिएका हुन्।

उनले मनि लाउण्डरिङ र आतंकवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने बताए।

साथै एएमएल र सीएफटी सम्बन्धी अन्तराष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरण निर्देशिका र दैनिक कामकाजमा पालना गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिएका थिए।

तालीममा कोशी, मधेश तथा बाग्मती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख, बजार अधिकृत गणेश चौलागाईं सहित कम्पनीका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

काल सन नेपाल लाइफले देशभर छरिएर रहेका आफ्ना १४३ शाखा कार्यालयबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*