यूनाइटेड मोदी र हिमायलन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

३ भाद्र २०८२, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ। जसमध्ये यूनाइटेड मोदीको सर्वाधिक ३१ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यसैगरी हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाख रुपैयाँ, राधी विद्युतको २० करोड ३३ लाख रुपैयाँ, वुटवल पावरको १७ करोड ५० लाख रुपैयाँ, माउन्टेन इनर्जीको १७ करोड ८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यता हिमालयन रिको १७ करोड ३ लाख रुपैयाँ, नेपाल रिको १४ करोड १४ लाख रुपैयाँ, पञ्चकन्या माईको १४ करोड १२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ९७ लाख रुपैयाँ र शिवम् सिमेन्टको ११ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*