पुँजी बजारमा झिनो सुधार, कारोबार पाँच अर्बमा सीमित, अन्यौलमा लगानीकर्ता

३ भाद्र २०८२, मंगलवार १५:०८

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा केहि सामान्य सुधार देखिएको छ । विगतका केही दिनदेखि निरन्तर घट्दो अवस्थामा रहेको बजार आज बढेको भए पनि लगानीकर्ताको मनोबल अझै कमजोर रहेको छ । बजारमा बढोत्तरी भए पनि अधिकांश लगानीकर्ता अन्यौलमा रहेका छन् ।

मंगलबार नेप्से परिसूचक नौ दशमलव ७६ अंकले बढेर २७८० को बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, आज होटल्स तथा टुरिज्मबाहेकका सबै इन्डेक्सहरुमा सामान्य बृद्धि भएको छ । बैंकिङ इन्डेक्स ०.५७ प्रतिशत, लाइफ इन्स्योरेन्स ०.२७ प्रतिशत, म्यानुफाक्चरीङ इन्डेक्स ०.५२ प्रतिशतले बृद्धि भएका छन् । मंगलबार कुल कारोबार भएका कम्पनीहरुमध्ये १४२ वटाको शेयरमूल्य बढेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले लाभांश क्षमता बलियो देखाउने वित्तीय विवरण सार्वजनिक गरिसके पनि त्यसले बजारमा उल्लेखनीय सकारात्मक प्रभाव पार्न सकेको छैन। विश्लेषकहरूका अनुसार बजारमा माफियाको प्रभाव र उच्च मूल्यमा खरिद गर्ने प्रवृत्तिले अस्थिरता बढाइरहेको छ । मौद्रिक नीतिले केही समय बजारमा सकारात्मक संकेत दिएको भए पनि पछिल्ला हप्ताहरूमा सूचक निरन्तर घट्दा लगानीकर्ताको उत्साह हराउँदै गएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*