मंगलबार यी १० कम्पनीका लगानीतकर्ताले सर्वाधिक कमाए
३ भाद्र २०८२, मंगलवार १५:२०

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को बिन्दुमा कायम भएको छ ।
बजार बढेसँगै विभिन्न सेक्टरका १४२ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा आज सान्भी इनर्जीको सबैभन्दा बढी प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य आज ६.९८ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले बृद्धि भएको हो ।
त्यस्तै, आज पियोर इनर्जीको ६.०९ प्रतिशत, इष्टर्न हाइड्रोपावरको ४.५८ प्रतिशत, सीटी होटलको ३.५८ प्रतिशत, बुटवल पावर कम्पनीको ३.२२ प्रतिशतले शेयरमूल्य बद्धि भएको छ ।













