अटो बजारमा बिवार्डडीको तहल्का, आकर्षक फिचरसहित सार्वजनिक भयो ‘एटो टू’ (भिडियोसहित)

३ भाद्र २०८२, मंगलवार १७:४७

काठमाडौँ । विद्युतीय सवारीसाधन निर्माता बिवाइडीले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा आफ्नो नयाँ कम्प्याक्ट एसयूभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

बिवाइडीकी प्रबन्ध निर्देशिका यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्री को बिचको सेग्मेन्टमा राखिएको छ । ‘यो गाडी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो भए पनि भित्री डिजाइन र यात्राको अनुभवमा एसयूभीको विशेषता बोकेको छ’ उनले बताइन् ।

एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी मापदण्डअनुसार) रेन्ज दिने क्षमता राख्छ । नेपालका सडक र ट्राफिकका कारण वास्तविक रेन्जमा करिब १०–२० किलोमिटरसम्मको घटबढ हुन सक्ने कम्पनीको अनुमान छ । अन्य बिवाइडी मोडलहरूजस्तै यसमा पनि सुरक्षित मानिने ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ ।

नाडा अटो शो लक्षित विशेष योजनाअन्तर्गत बिवाइडीले नगद छुट भने उपलब्ध नगराएको तर गाडीको मोटर र ब्याट्रीमा १० वर्षसम्मको विस्तारित वारेन्टी दिने व्यवस्था गरेको छ । सामान्य अवस्थामा कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएकोमा यसपटक २ वर्ष थपिएको हो । साथै, ग्राहकलाई सहज बनाउन बिवाइडीले नबिल बैंकसँग सहकार्य गरी ७ वर्षसम्म ८.२५ प्रतिशत स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यस अटो शोमा बिवाइडीले एटो टूका अतिरिक्त सिल र एटो वान (डल्फिन) समेत प्रदर्शनमा राखेको छ ।

लुजा महर्जन बिवाईडीका ललितपुर म्यानेजरसँगको कुराकानी:

फेसबुक लिङ्क

https://fb.watch/BA8j4KAt78/

युटुब लिङ्क

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*