नाडा अटो शो २०२५: स्काइवेल गाडी बुकिङमा सपरिवार युरोप भ्रमणको सुनौलो अवसर (भिडियोसहित)

३ भाद्र २०८२, मंगलवार १८:३३

काठमाडौँ । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुक गर्ने ग्राहकले सपरिवार युरोप भ्रमण गर्ने सुनौलो अवसर पाउने भएका छन् । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक विशेष अफर प्रस्तुत गरेको हो ।

कम्पनीका अनुसार अटो शो अवधिभर गाडी बुकिङ गर्ने ग्राहकले युरोप भ्रमणको पूर्ण प्याकेज पाउनेछन् र त्यहाँ स्काइवेलको गाडी प्रत्यक्ष परीक्षण गर्ने अवसर पनि प्राप्त हुनेछ । यो अफर लाभ लिन ग्राहकले स्काइवेलको स्टल एच १२ मा गएर बुकिङ गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

फेसबुक लिङ्क भिडियो

 https://www.facebook.com/Nepali.Insurance.News/videos/1508242796889284

त्यसैगरी, प्रत्येक गाडी बुकिङमा ग्राहकलाई आकर्षक डायमण्ड नेकलेस उपहार प्राप्त हुनेछ भने एक भाग्यशाली विजेताले रोलेक्स घडी जित्ने अवसर पाउनेछन् । कम्पनीले थप विभिन्न बोनस अफरहरू पनि अटो शो अवधिभर उपलब्ध गराउने योजना बनाएको छ ।

सवारी साधन खरिदलाई अझै सहज बनाउन कम्पनीले ग्राहकलाई ८० प्रतिशतसम्मको फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ । साथै, पहिलो वर्षको सवारी कर कम्पनीले नै तिर्ने व्यवस्था मिलाइएको छ, जसले ग्राहकको आर्थिक भारलाई कम गर्ने विश्वास लिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*