नाडा अटो शो २०२५: एलएस अटोको गाडी बुकिङमा भारी छुट र विदेशी भ्रमणको मौका (भिडियोसहित)

३ भाद्र २०८२, मंगलवार १८:५१

काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा एलएस अटोले आफ्नो इलेक्ट्रिक एसयूभी ‘एलईभी ०१’ को बुकिङ सुरु गरेको छ। शो अवधिभर गाडी बुक गर्ने ग्राहकले १ लाखभन्दा बढी छुट, इन्स्योरेन्स, सडक करको सुविधा साथै थाइल्यान्ड, बालि र सिंगापुरमा सपरिवार भ्रमण गर्ने मौका पाउने छन्।

एलएस अटोले चीनको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार गाडी उत्पादन गर्ने क्षमता सहितको कारखाना स्थापना गरेको छ। युरोपेली बजार लक्षित गर्दै टर्कीमा पनि उत्पादन प्लान्ट बनाइरहेको कम्पनीले नेपालसहित ११ देशमा आफ्नो उपस्थिती विस्तार गरिसकेको छ। नेपालमा यस कम्पनीको आधिकारिक वितरकको जिम्मेवारी नेक्सन भेन्चरले लिएको छ।

एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा उपलब्ध छ। स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। ६७.१२ किलोवाट आवरको ब्याट्री प्याकले ५०० किलोमिटरको यात्रा क्षमता प्रदान गर्छ। ९९ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरले ३०० न्यूटन मिटर टर्क उत्पादन गर्छ। नेपालको सडकका लागि २१० एमएमको ग्राउन्ड क्लियरेन्स र ब्याट्री प्याक बडीको साइडभन्दा माथि २२१ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ।

फेसबुक लिङ्क भिडियो

https://www.facebook.com/Nepali.Insurance.News/videos/1849988258893139

एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आयन फस्फेट ब्याट्रीले अन्य गाडीको जस्तो बाहिर झुन्डिएको दृश्य दिन्दैन र अन्तर्राष्ट्रिय समीक्षाअनुसार यसको दक्षता एनसीएम तथा ब्लेड ब्याट्रीभन्दा ८ प्रतिशत बढी रहेको छ।

एलईभी ०१ को डिजाइन अत्यन्त एरोडाइनामिक छ, ड्र्याग कोएफिसियेन्ट ०.२६८ मात्र रहेको छ। सुरक्षा पक्ष बलियो बनाउन यसमा युरो एनक्यापबाट ५ स्टार रेटिङ, १० एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट जस्ता सुविधा छन्।

इन्टेरियरमा लग्जरी डिजाइन, होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, पछाडि सस्पेन्डेड टेललाइट, लेदरेट स्टेरिङ, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट र मल्टी ड्राइभ मोड उपलब्ध छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*