बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी प्रिती देवलाई
३ भाद्र २०८२, मंगलवार १९:५२

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी प्रिती देवले पाएकी छिन् ।
देवलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि कार्यालय प्रमुख रहेका विनोद कुमार पोखरेलको सुरुवापछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको थियो ।
२०८२ भाद्र २ गते, सोमबार कोशी प्रदेश कार्यालयमा औपचारिक प्रिति देवलाई स्वागत गरिएको छ ।
यसअघि उनले मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।













