प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

४ भाद्र २०८२, बुधबार ०७:४३

काठमाडौं । प्रतिनिधि सभाको छैटौं अधिवेशनको ५६औं बैठक आज भदौ ४ गते बुधबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसदमा बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको प्रत्यक्ष रूपमा जवाफ दिनेछन्।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

साथै मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*