सिटिजन लाइफका एजेन्सी म्यानेजर राम कुमार श्रेष्ठद्वारा बीमितलाई सम्मान
४ भाद्र २०८२, बुधबार १२:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स टोखा शाखा कार्यालयका एजेन्सी म्यानेजर राम कुमार श्रेष्ठले आफ्ना बीमितहरुलाई सम्मान गरेका छन् । उनले ललितपुरस्थित क्लासिक तन्दुरी रेष्टुरेन्टमा एक कार्यक्रमको आयाजना गरी ३० जना बीमितलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ बिजनेश अफिसर सुनिल पोख्रेल, रिजनल म्यानेजर विवेक प्रसाद सापकोटा, टोखा शा प्रमुख राज कुमार न्यौपाने र एजेन्सी म्यानेजर जीवन श्रेष्ठसहितको सहभागिता रहेको थियो ।

बीमितहरुले आफ्नो बीमा गराई आफु र आफ्नो परिवारलाई जीवन रक्षा गराउनु भएको र बीमितहरुलाई हौसला प्रदान गरी सबैभलाई बीमा चेतना बढोस् भन्ने उद्देश्यले बीमितलाई सम्मान गरीएको एजेन्सी म्यानेजर श्रेष्ठले बताए ।













