प्रधानमन्त्री अस्वस्थ भएपछि आज तय गरिएको प्रश्नोत्तर कार्यक्रम स्थगित

४ भाद्र २०८२, बुधबार १३:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा यसबारे जानकारी गराएका हुन् । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो।

आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले  बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरी मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*