जीवन बीमकले अभिकर्ता कमिशनमा खर्चिए १४ अर्ब ८० करोड, कुनले कति?

४ भाद्र २०८२, बुधबार १३:५१

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा १४ वटै जीवन बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई दिइने कमिशन बापत १४ अर्ब ८० करोड रुपैयाँभन्दा बढीको खर्च गरेको तथ्यांकले देखाएको छ।

अघिल्लो आव २०८०/०८१ मा यि नै कम्पनीहरूले अभिकर्ताहरूलाई दिइने कमिशन बापत खर्चिएको कुल रकम १२ अर्ब ९८ करोड रुपैयाँको तुलनामा गत वर्ष १४.०७ प्रतिशतले वृद्धि भएको देखिएको छ।

सबैभन्दा बढी नेपाल लाइफले अभिकर्ता कमिशन बापत ३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ भने दोस्रोमा नेशनल लाइफले २ अर्ब १८ करोड ४२ लाख रुपैयाँ र एलआईसी नेपालले १ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ।

त्यसपछि हिमालयन लाइफले १ अर्ब ४६ करोड २९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब २ करोड २८ लाख रुपैयाँ, एशियन लाइफले ८१ करोड ७ लाख रुपैयाँ, सिटिजन लाइफले ७२ करोड ५४ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ७१ करोड ८६ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ।

त्यसैगरी रिलायबल नेपाल लाइफले ५३ करोड ६२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५३ करोड ६ लाख रुपैयाँ, मेट लाइफले ५२ करोड ८० लाख रुपैयाँ, आइएमई लाइफले ५२ करोड ७३ लाख रुपैयाँ, सन नेपाल लाइफले ४२ करोड ५५ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमाले १८ करोड ९९ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेका छन्।

वृद्धिदरको आधारमा
अघिल्लो आवको अन्त्यसम्म कम्पनीहरूले अभिकर्ता कशिनमा खर्चिएको रकमसँग गत आवमा खर्चिएको रकम दाँजेर वृद्धिदर हेर्ने हो भने सन नेपाल लाइफले सबैभन्दा बढी ३०.३९ प्रतिशतले अभिकर्ता कमिशन बढाएको छ।

त्यसैगरी नेशलन लाइफले २९.४० प्रतिशत, सूर्यज्योति लाइफले १७.५२ प्रतिशत, नेपाल लाइफले १५.२५ प्रतिशत, आइएमई लाइफले १४.६५ प्रतिशत, सिटिजन लाइपmले १२.३७ प्रतिशत, एशियन लाइफले ११.४३ प्रतिशत र रिलायबल नेपाल लाइफले १०.१३ प्रतिशतले अभिकर्ता कमिशन बढाएका छन्।

त्यसपछि सानिमा रिलायन्स लाइफले १०.०३ प्रतिशत, मेट लाइफले ८.५९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ८.४० प्रतिशत, एलआईसी नेपालले ५.९७ प्रतिशत, हिमालयन लाइफको ५.५९ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको २.२२ प्रतिशतले अभिकर्ता कमिशन बढाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*