हिमालयन र नेपाल रिको उच्च कारोबार, अन्य कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?
४ भाद्र २०८२, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.९१ अंकले घटेर २७७० को बिन्दुमा कायम भएको छ ।
बुधबार कुल ३२३ वटा कम्पनीको कुल पाँच अर्ब २० कराड रुपैयाँको कुल कारोबार भएको छ । जसमा आजपनि नेपाल पुनर्बीमा अग्रस्थानमा रहेको छ । कम्पनीको आज २५ करोड नौ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योेरेन्सको २१ करोड ७६ लाख रुपैयाँ, चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













